१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

आईपीओ निष्कासनकाे अनुमति माग्दै सानिमा लाईफ इन्स्योरेन्सले दियाे बोर्डमा निवेदन

१ असार, काठमाडाैँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते बोर्डमा निवेदन पेश गरेकाे हाे । यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम पनि प्रभू क्यापिटलले नै गर्नेछ ।

कम्पनीकाे जेठ २३ गते सम्पन्न भएकाे तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियाे । कम्पनीकाे आईपीओ केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेकाे छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १२:१५