२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

“कोभिड विरुद्धको अभियान तालामाराङ्ग” गठन

३१ जेठ, मेलम्ची । (साबिक तालामाराङ्ग गाबिस) मा कोभिड-१९ को संक्रमित बढेसँगै स्थानीय स्तरमा नै समिती गठन गरिएको छ। समुदायमा कोरोना भाइरसको लक्षण सँग मिल्दोजुल्दो लक्षण भएकाहरुको संख्या बढिरहेको तर चेकजाँच गर्न आनाकानी गरिरहेको कारण कोरिना संक्रमित संख्या धेरै नै हुने आँकलन सो समितीले गरेको छ।

कोरोना संक्रमितहरुलाई अघोषित रुपमा बहिष्कार गर्न थालेपछि उक्त समितिको आवश्यकता परेको स्थानीय दिपक विक्रम देउजाले बताउनुभयो। वहाँ आक्रोशित हुँदै भन्नुहुन्छ “स्थानीय जनप्रतिनिधिहरु अहिलेकुन दुलामा लुकेर बसेका छन् केही थाहा छैन्, हामीले आफ्नो तहबाट सकेको जति काम गर्ने, कोरिना संक्रमितको मनोबल बढाउने, चेकजाँच गर्न प्रोत्साहन गर्ने आदि गर्छौ” ।

कोरोना भाईरसको दोश्रो भेरियन्ट प्रभाव बढ्दै जाने क्रममा गाउँ-बस्तिहरुमा सामाजिक बहिष्करण प्रभाव बढ्दै गएर व्यक्तिमा डिप्रेशन बढ्ने आत्महत्या समेत गर्ने भयभित अवस्थामा पुग्ने खतरा समेत आउन सक्ने देखिएको छ । यस्तो अवस्थाबाट तालामाराङका बस्तीहरुलाई कोभिड संक्रमणबाट वेलैमा नियन्त्रण गर्न, गराउँन स्थानीय सरकार, वडा कार्यालय र स्थानीय स्वास्थ्य चौकीलाई आवश्यक सहयोग र सहजीकरण गर्दै कोभिड विरुद्धको अभियानलाई प्रभावकारी बनाउँन आवश्यक पहल कदमी उठाउँने उद्देश्यले कोभिड विरुद्धको अभियान तालामाराङ सञ्चालनार्थ यस वडाका समाजसेवी, बुद्धिजीवी, शिक्षक र स्वास्थ्यकर्मीहरुको सहभागितामा १७ सदस्यीय कोभिड नियन्त्रण सहयोग समिति,तालामाराङ गठन भएको छ । मेलम्चीको मेयर समेत यसै वडाको स्थायी बासिन्दा हुनुहुन्छ ।

समितिको अध्यक्षमा निल बहादुर शाहि, उपाध्यक्ष: बालासुन्दर खड्का, सचिव : कृष्ण थापा, कोषाध्यक्ष: बाल कुमारी देउजा, सदस्यहरुमा : तेज बहादुर तामाङ भोज बहादुर थापा, विन्द्र तामाङ, मीना ढुंगाना, भुपेन्द्र थापा, योग बहादुर अर्याल, दिपक विक्रम देउजा, विरमान तामाङ, जितराज आचार्य, सुजन तामाङ, भिमसेन थापा, थिर बहादुर तामाङ र रविन्द्र बस्नेत रहेका छन् ।

यसैगरि समितिलाई सिर्जनात्मक सहल्लाह दिने गरि सल्लाहकार समितिको रुपमा स्थानीय बुद्धिजीवीहरु तथा शिक्षा प्रेमीहरु क्रमश बाल कृष्ण देउजा , नवराज बस्नेत, नित्र बहादुर देउजा, मकान तामाङ, दिप बहादु देउजा, शेर बहादुर तामाङ, लोक बहादुर देउजा, कृष्ण ढुंगाना र सविन सिग्देल रहनु भएको छ ।

“समितिले आफ्नो फेसबुक पेज , कार्यक्रम संचालन निर्देशिका र कोभिड विरुद्धको अभियानको ३ महिने कार्ययोजना समेत तयार गरि आजै देखि कार्यहरु थालनी गरिसकेको” कुरा कृष्ण थापाले बताउनुभयो।
त्यसै गरि थापाले “उक्त अभियानमा सहयोगी मनहरुलाई पनि सहकार्यता गर्न र स्वैच्छिक सहयोगका लागि सबैमा अनुरोध गर्नुभएको छ।

समितिको तर्फबाट प्रदान गरीने सेवाहरु:

१.कोरना भाईरस संक्रमित बिरामीलाई उपचारको निम्ति अस्पताल लानु परेको खण्डमा समितिको तर्फबाट एम्बुलेन्स खर्च बापत मेलम्ची,बाहुनेपाटी सम्म रु१५०० त्यस्तै धुलिखेल ,बनेपा भक्तपुर र काठमाडौ लानु पर्ने बिरामीको निम्ति रु३००० प्रदान गरिनेछ
नोट: एम्बुलेन्समा लगेका बिरामीको हकमा मात्रै लागुहुने छ।
२.समितिको तर्फबाट जनचेतनामूलक सुचना प्रवाह गरिनेछ ।
३.कोरना सँग मिल्दो जुल्दो खालको बिरामी भई हाम्रो समितिमा सुचना आएको खण्डमा समितिको तर्फबाट स्वास्थ परिक्षण गरि निशुल्क अैँषधी दिईने छ।
४.यदि परिवारको सदस्यहरु बिरामी परि बजार बाट खरिद गरि ल्याउनुपर्ने मालसामान ल्याउन नसकेको अवस्थामा हामी बिनासुल्क सामान बजार बाट खरिद गरि ल्याईदिनेछौ(नोट सामान खरिद गर्ने लाग्ने रकमको तपाईंले व्यवस्थापन गर्नुपर्नेछ छ।
५.समितिको आर्थिक कारोबार बैंक बाट गरिनेछ।
६.यो सामाजिक कार्यमा सहभागी हुन तपाईं सम्पूर्णलाई पनि हार्दिक अनुरोध गर्दछौं।

यो सामाजिक अभियान तपाई सम्पुर्ण सहयोगी हातहरुबाट स्वत, स्फुर्त ढंगबाट प्रदान गरिएको नगद तथा जिन्सी सहयोग बाट संचालन हुने छ।
तपाईले सहयोग गर्नुभएको सम्पूर्ण सहयोग विवरण हाम्रो फेसबुक पेज मार्फत जानकारी गराईनेछ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार २०:३१