१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

श्रीमतीको अर्कैसँग अवैध सम्बन्ध थाहा पाएपछि माओवादी नेता पाण्डेको हत्या

३१ जेठ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा श्रीमतीको संलग्नता देखिएको छ । २५ दिन लामो प्रहरी अनुसन्धानबाट उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या भएको खुलेको हो । जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागि घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीका अनुसार अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको छ ।  प्रहरीका अनुसार ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना बनेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १८:३९