२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सर्वोच्चद्वारा कृष्ण थापाको सांसद पद खारेज

३१ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेकाे छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासलेथापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो । सो आदेश सँगै थापा पदमुक्त हुनु भएकाे छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसअघिको अन्तरिम आदेशपछि परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन । यस अवस्थामा विपक्षी निवेदन कृष्णा थापालाई गण्डकी पदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनुभनि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरन नपरी सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ (७) बमोजिम खारेज गरिदिएको छ ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १६:४१