२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एमालेका वरिष्ठ नेता झलनाथ खनालको अक्सिजन सहायतामा उपचार हुँदै

३१ जेठ, काठमाडाैँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या भएछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियाे । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार नेता खनाललाई विगत नौ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि आज बिहान पौने ८ बजे उहा नर्भिक अस्पतालको  इमर्जेन्सीमा भर्ना हुनु भएको थियाे ।

उहालाई अहिले आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १५:२५