२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

काठमाडौँ महानगरपालिकामा कोभिड १९ विरुद्धको खोप लगाउन पुनः शुरु

३१ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः शुरु भएको छ । जेठ २५ गतेबाट शुरु भएको खोप अभियान २८ र २९ गते भने रोकिएको थियो । रोकिएको खोप अभियान आजदेखि शुरु भएको हो । खोप अभियान भोली पनि सञ्चालन हुनेछ ।

आजको खोप अभियानमा काठमाडौं महानगरपालिका भित्रका ६०–६१ वर्ष उमेर समुहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड १९ का विरामीका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नरसिंह र पारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीहरुलाई लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खोप केन्द्र वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरमा सञ्चालन गरिएको छ । खोप केन्द्रमा गएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले बताएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १३:५६