१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

इन्फिनिटि लघुवित्तले बोलायो विशेष साधारणसभा

३१ जेठ, काठमाडाैँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । कम्पनिको आइतबार बसेको सञ्चालक समितीको बैठकले बिषेश साधारणसभामा सहभागिता प्रायोजनका लागि असार ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

बिषेश साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्ने सम्बन्धी बिशेष प्रस्तावलाई छलफल गरी पारित गर्नेछ । साधारण सभाले नेपाल एग्रोको १०० कित्तालाई इन्फीनिटी लघुवित्तले ९८ कित्ता शेयर दिने र नेपाल एग्रोलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न जेठ ११ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको थियो । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीच प्राप्ति सम्बन्धि गत माघ २६ गते सम्झौता भएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १३:५०