२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

दैलेखमा असार १० सम्म लम्ब्याइयाे निषेधाज्ञा

३१ जेठ, दुल्लू । जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताउनुभयो ।

यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढदै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उहाँले बताउनुभयो । अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ । दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन् । त्यस्तै बैंक पनि खुला रहनेछन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १२:२८