२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

ज्ञानेन्द्र शाहीले रक्सीको मातमा ग्याङ् फाइट गरेको प्रमाणित, प्रहरीले मिलापत्र गरायो

३१ जेठ, सुर्खेत । सामाजिक अभियन्ताको नाममा कानुन हातमा लिन कोशिश गर्ने ज्ञानेन्द्र शाहीले रक्सीको मातमा ग्याङ् फाइट गरेको प्रमाणित भएको छ । गत शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म शाहीको समूहले भिडन्त गरेको थियो ।

शाहीको समूह मदिराले मातेर गाउँले माथि अाक्रमण गर्न पुगेको पुष्टि भएको हो । अस्पतालमा ब्रेथलाइजर लगाएर परीक्षण गर्दा शाही लगायले अत्याधिक मदिरा सेवन गरेको पाइएको छ । अहिले सुर्खेत प्रहरीले मदिराको मातमा झगडा गर्ने दुबै समूहको बीचमा मिलापत्र भएको छ । डिस्चार्ज भए पनि प्रदेश अस्पतालमा उपचाररत भन्दै बसेका शाहीको टोली अहिले स्थानीय सत्कार होटलमा बस्न गएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १०:०७