२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य गम्भीर, नर्भिक अस्पताल भर्ना

३१ जेठ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको छ ।

चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ, जाँच चलिरहेको छ। उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएकाे छ।’ बास्तोलाले भन्नुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ०९:४२