२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

सैन्यविद् इन्द्रजीत राई अब सञ्चारमन्त्रीको सञ्चार सल्लाहकार !

३० जेठ, काठमाडाैँ । सैन्यविद् इन्द्रजीत राई अब सञ्चारमन्त्रीको सञ्चार सल्लाहकार नियुक्त हुने हुनुभएको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा उहाँको सुरक्षा सल्लाहकार हुनुभएका राई थापा पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनुभएपछि उहाँकै सल्लाहकारमा नियुक्त हुन लाग्नुभएको हो । उहाँ सञ्चारमन्त्रीसँग ब्रिफिङमा समेत हिड्न थाल्नुभएको छ ।

सञ्चार मन्त्रालय स्रोतका अनुसार यसअघि सहसचिव सरहको हुने सञ्चारविज्ञ पदलाई  अपग्रेड गरी सचिव सरहको सेवा सुविधा पाउनेगरी राईको नियुक्ति गर्ने गरी प्रक्रिया अघि बढेको छ । सामान्यतया उक्त पदमा पत्रकारितामा योगदान गरेका व्यक्तिलाई  जिम्मेवारी दिने गरिएको भए पनि यसपटक मन्त्री थापाले सैन्यविद् रहनुभएका राईलाई सञ्चार विज्ञमा नियुक्त गर्न लाग्नुभएको हो । राई पहिलो संविधानसभामा एनेकपा माओवादीको तर्फबाट संविधानस सभा सदस्य रहनुभएको थियो ।

नेपाल टेलिभिजन लगायतको संस्थाको ब्रिफिङमा राई मन्त्रीसँगै सहभागी हुँदै ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार २०:०५