२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट मात्र बितरण गर्न सरकारको निर्देशन

३० जेठ, काठमाडाैँ । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट मात्र बितरण गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहमा एकै पटक परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । निर्देशन विपरित नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको भनेर बृद्धबृद्धालाइ नदिएपछि मन्त्रालयले परिपत्र गरेर नियमको सम्झना गराएको हो ।

मन्त्रालयले समाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट बितरण गर्ने सम्बन्धी प्रष्ट व्यवस्था भए पनि केहि स्थानीय तहबाट नगद रकम निकाली लाभग्राहीलाई नदिएको पाइएको जनाएको छ । नगद रकम लिई बितरण गर्ने कर्मचारीबाट समेत विभिन्न प्रकारका आर्थिक अनियमितता र दुरुपयोग हुने गरेको विगतका लेखापरीक्षण प्रतिवेदनले औल्याएको समेत परिपत्रमा ध्यानाकर्षण गराइएको छ ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १७ को उपदफा ३ बमोजिम स्थानीय तहमा अनिवार्य रुपमा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्ने व्यवस्था लागू गर्न गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १९:३३