१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

निषेधाज्ञामा होटल खोलेको भन्दै युनाइटेड विजनेस होटलका सञ्चालकलाई ४ लाख जरिवाना

३० जेठ, काठमाडाैँ । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञा उल्लंघन गर्दै होटल खोलेको आरोपमा प्रहरीले त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

अनुगमनका क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले आज उक्त होटलका सञ्चालक र अन्य ८ ग्राहकहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बुझाएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटल सञ्चालकलाइ ४ लाख रुपैयाँ थप ८ जनालाई  १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएकाे छ । प्रशासनले लगाएको निषेधाज्ञा आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १७:४१