१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

३० जेठ, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्रान गरेकाे छ । कम्पनीको जेठ १० गते बसेको संचालक समिति बैठकले असार ४ गते तेस्रो साधारण सभा  आह्रान गरेकाे हाे । कम्पनी तेस्रो वार्षिक साधारण सभा प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौँमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे हुनेछ । तेस्रो वार्षिक साधारणसभामा प्रस्तावित एजेण्डाहरुमध्ये आइपिओ निश्कासनको एजेण्डा मुख्य रहेको छ ।

उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ । इन्स्योरेन्सले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ ।

त्यस्तै, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । साथै, आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १२:४२