२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

क्रिस्टियन एरिकसन मैदानमै ढलेपछि डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द

२९ जेठ, काठमाडाैँ । शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमै ढलेपछि खेल रद्द भएको छ ।

खेलको ४२औं मिनेटमा फिन्ल्यान्डको डिफेन्सिभ हाफको साइडलाइन नजिकै हिँडिरहेका एरिकसन हुरिएर ढलेका हुन् । उनी ढलेपछि ‘अन्मुभ्ड’ रहेको न्यूयोर्क टाइम्सले बताएको छ ।

उनी ढले पश्चात तुरुन्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरिएको थियो । अहिले उनको उपाचार डगआउट नजिकै भइरहेको छ । उनको उपचार जारी रहँदा डेनमार्कका खेलाडीको आँखा आशु भरिएको थियो भने फिन्ल्यान्डका खेलाडी पनि स्तब्ध भएका थिए ।

युरोकप फुटबलअन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा भएको १६औँ संस्करणको दोस्रो खेल रद्द भएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार २३:१८