२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अस्ट्रेलियासँगको नतिजा नेपाली फुटबलका लागि सम्मानजनक

२९ जेठ, काठमाडाैँ । बलियो प्रतिद्वन्द्वविरुद्ध अस्ट्रेलियासँग निकालेको ३–० को नतिजा नेपाली फुटबलका लागि सम्मानजनक रुपमा हेरिएको छ । कतार विश्वकप छनोट र एसियन कप प्रतियोगिताको छनोटमा नेपालले कुवेत भ्रमण अघिपछिको प्रतियोगिताको भन्दा उपलब्धिमूलक मानिएको छ । समूह तालिकाको चौंथो स्थानमा रहेको नेपालको विश्वकप छनोट यात्रा समाप्त भइसक्दा एसियन कपको झिनो आशा प्लेअफमा रहेको छ ।

दशरथ रंगशालामा हुनु पर्ने अस्ट्रेलिया विरुद्धको खेलमा नेपालले सोमबार तटस्थ स्थल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रंगशालाको दोस्रो लेगमा पनि नेपालले सुखद नतिजा निकाल्न असफल रह्यो । नियमित स्ट्राइर अञ्जन विष्ट र मिडफिल्डर सन्तोष तामाङलाई आराम दिइएको खेलमा नेपालले गरेको प्रदर्शनलाई सबैले तारिफ गरे ।

छनोटको अन्तिम खेलमा नेपालले सुखद नतिजाका लागि अपेक्षा गरे पनि बलियो प्रतिद्वन्द्वी सामु नेपाल निरिह नै भयो । भर पर्दा रक्षक रोहित चन्दले करियरकै पहिलो रातो कार्डको दर्शन गर्न पुगे । यद्यपि नेपाली टोलीका पूर्व खेलाडी हरि खड्काले अस्ट्रेलियासँगको ३–० को पराजय सम्माजनक भएको टिप्पणी गरे ।

कोरोना महामारीले पूर्व निर्धारित तालिका भन्दा पछि धकेलिएको छनोट प्रतियोगितामा नेपालले कुवेत भ्रमण गर्ने त्रममा पहिलो खेलमा चाइनिज ताइपेइविरुद्ध जितको लयलाई निरन्तरता दिए पनि जोर्डनसँग पराजित हुन पुग्यो । अस्ट्रेलियासँगको हारको निरन्तरतालाई भंग गर्ने नेपालको लक्ष्य अधुरै रह्यो । नेपालले अघिल्ला भेटमा कुवेत भ्रमणमा सुधारिएको प्रदर्शन गरेको नेपाली महिला टोली प्रशिक्षक समेत रहेका हरि खड्काले बताए ।

छनोट चरणका अन्तिम प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नु अघि नेपालले इराकसँग मैत्रिपूर्ण खेल खेलेको थियो । समूह बी मा नेपालले आठौं खेल पूरा गर्दा छैठौं हार भोगे पनि यस पटक नेपाली टोलीको प्रदर्शनलाई सबैले प्रशंसा गरेका छन् । पूर्व प्रशिक्षक योहान कालिनले टोली नसम्हाल्ने भए पछि आएका कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुतारीले युवा खेलाडीलाई बढी प्राथमिकता दिए ।

नेपालमा अलमुताइरीको आगमन सँगै पहिलो फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सम्पन्न हुनु र आफ्नो तरिकाको फुटबल खेलाउन प्रशिक्षक अलमुताइरीलाई उक्त प्रतियोगिताले खेलाडी छनोटका लागि सहयोग गरेकाले नेपालको खेलमा परिवर्तन देखिएको हरि खड्काले थपे ।

शुक्रबारको जितसँगै समूह तालिकाको शीर्ष स्थानमा रहेको अस्ट्रेलिया तेस्रो चरण प्रवेश गर्न बलियो अवस्थामा रहेको छ । जोर्डनसँगको हारले नेपालको २०२३ मा चीनमा हुने एसिया कपको लागि सिधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ भने नेपालले अब एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १८:५५