१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सिद्धार्थ इन्स्योरेन्सको १५.७८९४ प्रतिशत लाभांश साधारण सभाबाट पारित

२८ जेठ, काठमाडाैँ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा आज काठमाडौँको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाबाट प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि कम्पनिकाे चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १६:५३