१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

२८ जेठ, काठमाडाैँ । सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म सेयर किनबेच  गर्न नपाउने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर २०८१ वैशाख ३० गतेसम्म बिक्री गर्न नपाइने जानकारी दिएकाे छ । नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को व्यवस्थाबमोजिम कम्पनीले लकिङ पिरियड सार्वजनिक गरेको छ।

यो नियमावलीको पिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भनी उल्लेख छ।

यो कम्पनीले गत वैशाख ३१ गते आईपीओ बिक्री गरी बाँडफाड गरेको थियो। सोही आधारमा कर्मचारी र संस्थापक समूहको सेयर २०८१ साल वैशाख ३० गतेसम्म लकिङ रहनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १४:०४