१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेप्सेमा दोहोरो अंकको गिरावट, १६ अर्ब ९९ करोड बढी काराेबार

२६ जेठ, काठमाडाैँ । आज सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । मंगलबार ५३ अंकले बढेकाे बजारमा बुधबार १३.५६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा झरेकाे छ ।

यद्यपि, यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने घटेको छैन । आज कुल २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १ लाख ५५ हजार २३९ पटक किनबेच हुँदा अधिकतम १६ अर्ब ९९ करोड ७ लाख ९२ हजार ७०३ रुपैयाँको कारोबार भएको छ । आज व्यापार, फाइनान्स, जीवन बीमा निर्जीवन बीमा र म्युचुअल फण्ड समूह बाहेका अन्य सबैजसो समूहहरु ऋणात्मक भएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १६:२८