१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आफ्नै साथीको हत्या गर्ने १ जना पक्राउ

२६ जेठ, कैलाली । आफ्नै साथीको हत्या गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-२ मोतिपुर डेरा गरी बस्ने धनगढीका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका-४ के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो बिशाल मृत अवस्थामा फेला परेका थिए । उनकाे टाउकोको पछाडी चोट लागेकाे छ । आइतबार बेलुका मदिरा सेवन गरी बादबिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको प्रारम्भिक अनुसन्धान खुल्न आएको प्रहरीले जनाएकाे छ । घटनापश्चात फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारेकाे हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:५४