३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपीओ निश्कासन गर्ने

२६ जेठ, काठमाडाैँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि थप सेयर(एफपीओ) निश्कासन गर्ने भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता एफपीओ बिक्री गर्ने भएको हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता एफपी बिक्री गर्ने भएको हो । कम्पनीले यसअघि ३७ हजार २६० कित्ता एफपीओ बिक्री गरेको थियो । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:०५