३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

आजदेखि स्वावलम्बन लघुवित्तको सेयर लिलामीमा, कति दिने आवेदन ?

२६ जेठ, काठमाडाैँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला गरेकाे छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेकाे हो । उक्त सेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले असार २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । उक्त सेयर बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएकाे छ ।

बोलपत्र असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटल लिमिटेड, कर्मचारी सञ्चय कोष भवन, ठमेल, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:५०