११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

‘गोविन्द केसी पुर्खा खोज्न गएका हुन भने स्वागत छ, कर्मचारी भएर गएको भए कारबाही गर’

२५ असार, काठमाडौँ । डा गोविन्द केसीले अनसनका नाममा जुम्लालाई क्रिडास्थल बनाउन खाजेको भन्दै सांसदले आपत्ति जनाएका छन । जुम्लाबाट निर्वाचित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले जुम्लालाई क्रिडास्थल नबनाउन आग्रह गरेका हुन ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा बोल्दै महतले जुम्लाले डा गोविन्द केसी वा अन्य कर्मचारीभन्दा पनि उपकरण मागेको बताए । उनले भने ‘हामीले डा केसीलाई मागेको होइन उनी कर्मचारी हुन् भने कारबाही गरौं, पुर्खा खोज्न गएको भए स्वागत गरेर चिसो पानी खुवाएर पठाउन तयार छौँ ।’

प्रकाशित मिति : २५ असार २०७५, सोमबार १७:५४