३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नागरिक लगानी कोषकाे साधारण सभा असार १८ मा हुने

२३ जेठ, काठमाडाैँ । नागरिक लगानी कोषले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । जेठ २१  मा बसेकाे कोष सञ्चालक समितिको बैठकले असार १८ गते २६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई प्रस्तावित ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कोषले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार ८ गते शेयर बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कोषको लाभांश प्राप्त गर्ने छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १७:०८