२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

समयमा भिसा नपाउँदा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले वर्सेष्टरको खेल गुमाए

२२ जेठ, काठमाडाैँ । समयमा भिसा नपाउँदा नेपाली लेग स्पिनर सन्दीप लामिछाने वर्सेष्टरको खेल गुमाएका छन । लामिछाने समयमै पुग्न नसकेपछि इंग्लीश काउन्टि क्रिकेट टोलि वर्सेष्टरले मुक्त गरेको छ । सन्दीप लामिछानेलाई गत् मार्च २५ मा इंग्ल्याण्डको काउन्टि क्रिकेट क्लब वर्सेष्टरले अनुबन्धन गरेको थियो । इंग्लीश काउन्टिमा सन्दीपको नेपाली क्रिकेटरको रुपमा यो पहिलो प्रतिनिधित्व हुने थियो ।

सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू समयमै इंग्ल्याण्ड पुग्न नसक्दा वर्सेष्टरले मुक्त गरेको बताउनुभएको छ । सन्दीपले २७ मईमा इंग्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो । गत् मई २६ मा सन्दीपले ट्वीटर मार्फत् आफ्नो भिसा जारी हुन ढिलाइ भइरहेको जनाउँदै सहयोगका लागि आग्रह गर्नुभएको थियो । दश दिनको क्वारेन्टिनपछि इंग्ल्याण्डमा उहाँले थप पाँच दिन क्वारेन्टिनमा बस्ने तालिका बमोजिम २७ मईमा नेपालबाट प्रस्थान गर्नुपर्ने थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २३:२८