२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

‘अारअारमा स्वावियु निर्वाचन रोक्न अाफैँ लुकेर अपहरणकाे नाटक गर्ने यिनै कुलप्रसाद कोइराला थिए’

२५ असार, काठमाडाैँ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला यतिखेर चर्चाको पात्र बन्न पुगेका छन । विदा स्वीकृति नगरार्इ कुलपतिको स्वीकृतिविना विश्वविद्यालयमा निमित्त समेत नदिइ क्यानडा जान लाग्दा विमानस्थलबाट फर्काइका कोइरालको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा  टिकाटिप्पणी भइरहेको छन । यही बीचमा कोइराला कस्ता व्यक्ति हुन भन्दै विगतसमेत सम्झने कोशिश केहीले गरेका छन । यही बीचमा फेसबुकमा अनेरास्ववियुका पूर्व नेता किरण देउजाले फेसबुकमा पोस्ट गरेको कोइरालाबारेको टिप्पणी हामीले यहाँ प्रस्तु गरेका छाैँ ।

किरणले लेखेका छन

डा. कुलप्रसाद कोइरालाको बारेमा

त्यतिबेला (२०६२) भर्खर प्रमिणता प्रमाणपत्र तहमा अध्ययन गर्थें, आर आर क्याम्पस भृकुटीमण्डपमा । निरंकुश राजतन्त्रको विरुद्ध आन्दोलन दिनहुँ हुन्थ्यो, सहभागी हुन्थे, पढ्थे अनि घर(डेरा) फर्कन्थे। यस्तै गरि दिनहरु बितिरहेको थियो। २०६२ को माघ सकिदा नसकिदै स्ववियु निर्वाचनको रौनकले छोपिसकेको थियो। विद्यार्थी आन्दोलनमा सहभागी भएको नाताले नजिकबाट नियालिरहेको थिए र अनेरास्ववियुको मोर्चामा आवद्ध समेत थिए।

संगठन भित्र सभापति बन्नको लागि मारामार थियो, लबिङ तिब्र थियो । त्यो माथिल्लो तहको कुरा पनि खासै बुझ्दैनथे, बुझ्थे त केबल अनेरास्ववियुलाई विजयी गराउने कुरा।

फाल्गुनको १४ गते शिवरात्री यस्तै के चाड परेको थियो, निर्धारित स्ववियु निर्वाचन १६ गतेको लागि तय भयो। (त्रिविले तय गरेको) सभापति बन्नको लागि आदरणीय दाजुहरु Nawaraj Poudel र Nawa Raj Gurung तिब्र रुपले आ-आफ्नो टिम तयार गर्न घनिभुत रुपमा लाग्नुभएको थियो। नवराज पौडेललाई प्राक र केन्द्रीय कमिटीको [केन्द्रिय कमिटीको अध्यक्ष खिमलाल भट्टराई हुनुहुन्थ्यो ] साथ थियोे भने नवराज गुरुङलाई तत्कालीन एमालेका केही मझौला नेताको साथ थियो।

तत्कालीन समयमा क्याम्पस प्रमुख सुनिल कुमार पौडेल सर हुनुहुन्थ्यो भने स्ववियु निर्वाचनको लागि निर्वाचनको प्रमुख प्रा डा कुलप्रसाद कोइरालालाई क्याम्पसले तोकेको थियोे । जब उम्मेदवार दर्ताको दिन आयो। अनेरास्ववियुका आधिकारिक(नवराज पौडेल) अनि बागी (नवराज गुरुङ) दुबै जनाको नेतृत्वमा उम्मेदवार दर्ता भयो संगै अन्य संगठनहरुले पनि दर्ता गरे।

अखिलको २ टिमको उम्मेदवार दर्ता भयो ,क्याम्पसको माहोल नै फरक भयो। हामी उम्मेदवारहरु [ Surendra Basnet Rajkumar Rai Binod Khanal Rc Lamichhane Sudip Sharma Madan Kumar Bohora Robot Limbu Gopal Singh Dhami लगायत] मैदानमै थियौं । हामेलाई जित्नु थियो, अखिलको रक्तरञ्जित झन्डा फर्फराउनु थियो। माथिल्लो लेभलमा खिमलाल भट्टराई यज्ञराज सुनुवार Balgopal Upadhyaya Nepali लगायत नेताहरु दुबै टिमलाई मिलाउदै हुनुहुन्थ्यो ।

यहि बिचमा प्रा. डा. कुलप्रसाद कोइरालाको नाटक सुरु भयो। अपहरण भएको भन्दै निर्वाचन रोक्ने विभिन्न हर्कत समेत भयो। डा कोइराला आफै भुमिगत भएर अपहरण गरेको भन्दै धमिलो पानीमा माच्छा मार्नु खोज्नु भयो'[अनेरास्ववियुको बागी टिमलाई आरोप समेत लाग्यो]। त्यही बेलामा अखिलको विवाद पनि मिल्यो। र, गोपालचन्द्र पोखरेललाई निमित्त निर्वाचन प्रमुख घोषणा गरेर निर्वाचनको प्रक्रिया अघि बढेपछि ३ दिन पछि आफै क्याम्पसको सम्पर्कमा आउनुभयो। उहाँ सम्पर्क आउदा निर्वाचनको ९५% भन्दा बढी काम अघि बढिसकेको थियो।

निर्वाचन सम्पन्न भए पश्चात, प्रमाणपत्रमा उहाँकै नाम छापेर उहाँले नै हस्ताक्षर गरेको प्रमाणपत्र वितरण भयो। गोपाल सरले उहाँकै नाम राख्नुस, मैले त निमित्तको काम गरेको हुँ भनेर ठूलो दायरा देखानुभयो। उहाँले त्यो बेलामा कति नाटक गर्नुभयो भनेर (२०६०-६२ का) तत्कालीन स्ववियु सभापति #बालगोपाल_उपाध्याय सँग विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ।

प्रकाशित मिति : २५ असार २०७५, सोमबार ०८:२४