संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने सरकारको निर्णय
२४ असार, काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
उनले भट्टराईलाई साउन १५ गतेभित्र नेपाल आउन निर्देशन दिइएको बताए । बैठकले राजदूत नियुक्त गर्ने सम्वन्धी मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ ।
प्रकाशित मिति : २४ असार २०७५, आईतवार २२:२९