१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सर्वोच्च बारको अध्यक्षमा अधिकारी, अधिकांश पदाधिकारी र सदस्य प्रगतिशिल समूहका

२४ असार, काठमाडाैँ । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : २४ असार २०७५, आईतवार ०७:४८