२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुरूवाती अग्रता टिकाउन नसक्दा नेपाल इराकसँग ६-२ ले पराजित

१५ जेठ, काठमाडाैँ । विश्वकप तथा एएफसी एसियन कपको तयारी स्वरूप इराकको बसरामा मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ४ गोलको अन्तरमा पराजित भएको छ । नेपालले २ गोल हान्दा इराकले ६ गोल हान्यो । नेपालले सुरूवाती अग्रता जोखाउन नसक्दा ६-२ले पराजित हुन पुग्यो । नेपालका लागि अन्जन विष्टले नवौं मिनेटमा र मनिष डाँगीले २९ मिनेटमा गोल गरेका थिए ।

फिफा वरियतामा इराक नेपालभन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । नेपालले इराकसँग योसँगै चार खेल्दा चारै खेलमा पराजित हुन पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ००:२४