पर्यटन क्षेत्र विस्तार तथा साहसिक खेलका लागि ५९ करोड बजेट विनियोजन
१५ जेठ, काठमाडाैँ । सरकारले साहसिक खेल तथा पर्यटन क्षेत्रको रुपमा रहेको प्याराग्लाइडिङ्ग, क्याम्बिङ्ग, याफ्टिङ्ग, बन्जी लगायतका खेलको विकास विस्तार एवं सुधारका साथै लगानीका लागि प्रोत्साहन गर्न ५९ करोड रकम उपलब्ध गराउने भएको छ ।
यस्ता क्षेत्रमा लगानी बढाउन निजीसँगै वैदेशिक लगानीलाई समेत आकर्षित गरिने बताएको छ । त्यस्तै सरकारले अघि सारेको २१६ पर्यटकीय क्षेत्र विस्तारको योजनालाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:४०