१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

मातृभाषमा सपथ गर्ने सांसदले बिहीबारसम्म निवेदन दिनुपर्ने


१६ फागुन, काठमाडौँ । मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई विहीबारसम्म निवेदन दिन संघीय संसद सचिवालयले आहृवान गरेको छ । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

गौतमले संसद सचिवालयमा हालसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएको पनि जानकारी दिए । आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका तय भएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १९:०५