१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

चार वर्षीया नाबालिका बलात्कार गर्ने ५३ वर्षीय हेमलाल पक्राउ

१३ जेठ, रुपन्देही । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ । बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

खेतमा काम गर्न गएका आमाबुवा घरमा आएपछि बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ । करणीको अभियोग लागेका गन्धर्वलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता थापाले बताउनुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १६:२९