१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पार्टी सदस्यबाटै नेकपाको मासिक आम्दानी ७ करोड

२३ असार, काठमाडौँ । नेकपाले पार्टी सदस्यबाटै मासिक रुपमा ७ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ । मासिक रुपमा पार्टी सदस्यबाट प्रति सदस्य एक सय रुपैयाँको दरले लेबी उठाउने तयारी नेकपाले गरेको छ ।

तत्कालीन नेकपा एमालेकाका चार लाख सदस्य र तत्कालीन नेकपा मओवादी केन्द्रका तीन लाख सदस्य गरी ७ लाख सदस्यबाट एक सयको दरले उठाउँदा नेकपाले मासिक रुपमै ७ करोड रुपैयाँ पार्टीको कोषमा जम्मा गर्ने देखिन्छ ।

पार्टी तर्फबाट राजनीतिक नियुक्ति लिएका र सांसद मन्त्री जस्तो लाभका पद लिएकाबाट समेत प्राप्त गर्ने लेबीले नेकपाको कोष अझै बलियो हुने देखिन्छ । अहिलेसम्म छुट्टाछुट्टै रुपमा रहेको दुबै पार्टीको एकीकृत कोष बनाएर सञ्चालन गर्ने अन्तिम तयारी भैरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार ०८:२८