१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

-देबकी आचार्य

आमा ! त्यो दिन कहिले आउँछ ?????
आमाको हात समातेर पसल जाने दिन,
झोला भरी पुस्तक बोँकी विद्यालय जाने दिन,
गुरुगुरुआमाले शीर मुसार्दै पढाएको दिन,
साथीभाइसँग रमाउँदै चौरमा खेल्ने दिन,
मुखमा माक्स नलगाई हाँस्दै रमाउने दिन,
कोभिड संक्रमित र मृत्युको खवर सुन्न नपरेको दिन ।

नानी ! त्यो दिन आउँनेछ …
मलाई विश्वास छ,
त्यो दिनमा तिमी
मसँग बजारमा खेलौना र पुस्तक छान्दै हुनेछौ ।
रमाउँदै झोलाबोकी विद्यालय जाँदै हुनेछौ ।
गुरुगुरुआमासँग रमाउँदै पढ्दै हुनेछौ ।
साथीभाइसँग चौरमा दौँडदै खेल्दै हुनेछौ ।
मुखमा माक्स नलगाई मस्त हाँस्दै हुनेछौ ।
कोभिड, विश्व मानव वस्तीबाट परास्त भएको सुन्नेछौ ।

तर ! तर !
त्यसका निम्ति
हामी सबैले कोभिड अनुशासन पालना गर्नुपर्छ ।
उचित ढंगले माक्स लगाई दुरी कायम गर्नुपर्दछ ।
मिचिमिचि साबुन पानीले हात धुनु पर्दछ ।
आफू आफूमा सचेत हुनुपर्दछ ।
अनि मात्र त्यो दिन आउनेछ ।
कोभिड मानव वस्तीबाट परास्त भई भाग्ने छ ।
हामीलाई कहिल्यै दुृःख दिन आउने छैन ।
विश्व मानव वस्तीबाट दुरदुर भाग्ने छ ।
यस किटणुको नाम निसानानै एकादेशको कथा हुनेछ ।
अनि विश्व मानव वस्तीमा हर्ष उल्लास छाउने छ ।
दिपावली मनाउने दिन आउने छ ।
आशा गरौँ छिट्टै त्यो दिन आउनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार १०:३२