२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड ६३ लाख लगानी गर्ने

९ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ वर्षे अवधिको मुद्दती र कल निक्षेपमा लागि ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको कोषमा रहेको कुल ६४ करोड ६३ लाख ५९ हजार ७०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो।

जसमध्ये राष्ट्र बैंकले मुद्दति निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको हो।  केन्द्रिय बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले  जेठ ११ गते दिउँसो ४ बजेभित्र राष्ट्र बैंकले तोकेको e-mail आईडीमा पठाउनुपर्नेछ। राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि २ वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम भएको हुनुपर्ने छ ।

त्यसै, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने । कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

प्रकाशित मिति : May 23, 2021 at 1:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/