४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा नेपाललाई ६३ करोड ५० लाख सहयोग गर्ने


७ जेठ, काठमाडौँ । अष्ट्रेलियाले कोभिड¬–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएकोछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १२:३३