१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्री बन्न जिउँदालाई भट्टा भित्र हाले जस्तो छ र ?

-अर्जुन पाण्डे

फेरी पनि बोलाउने सरकार बनाउन ?

फेरी पनि डाक्ने हाम्लाई प्रधामन्त्री बन्न ?

थाहा छैन तिम्लाई हाम्ले चुनाव हारेका ?

दुनियाँले सबका सामु धुलो पारेका ?

तागत छैन भन्ने हाम्रो जान्दा जान्दै पनि

योग्य छैनौँ भन्ने हामी ठान्दा ठान्दै पनि

के ठानेर बोलाएको प्रधानमन्त्री बन्न ?

के ठानेर बोलाएको सरकार बनाउन ?

हो यसैमा, हाम्रो घोर आपत्ती छ ।

फेरी पनि हाम्रो यसमा घोर विरोध छ ।

ध्वस्त पार्ने, भत्काउने जस्तो काम त हैन

हंकंग व्यैंकक उडाउन अहिले सकिँदैन ।

मिलीजुली बस्ने कोही छैन हाम्रो भर ।

जिउँदालाई भट्टा भित्र हाले जस्तो छ र ?

पुल पुलेसा तुइन भवन बाले जस्तो हो र ?

आफै खुट्टा तान्ने खेल खेले जस्तो हो र ?

यति पनि नबुझेर फेरी बोलाउने ?

प्रधानमन्त्री हाम्लाई फेरी खोज्ने बनाउन ?

फेरी पनि डाक्ने हाम्लाई सरकार बनाउन ?

हो यसैमा, हाम्रो घोर आपत्ति छ ।

फेरी पनि हाम्रो यसमा घोर विरोध छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०९:२९