गजल (स्वतन्त्र )
–दुर्गा पाैडेल
जति दुख परे नि घाँस को भारी, छोड्दैनन बा।
जीवन बुझेका छन् झट्ट यो बाटो मोड्दैनन बा।।
जेठो देश पस्यो अनि कान्छो पनि शहर पस्यो ।
त्यो पाखो छाडेर यो शहरको आना गोड्दैनन बा।
चराको जस्तो छ आहार अनि कुकुर सरि सुताई।
कहिल्यै आफुलाई भनीकन दौलत जोड्दैनन बा।।
मज्दुरीका ति पसिना बगाउँछन भारी सङै सुत्छ्न।
तर मै हुँ भनाउदाका सामु ती हड्डी घोट्दैनन बा।
ऊनी अग्राख हुन र त थामेका छन घरको धुरी ।
न सुकाउ ओठ तालु बाचा पक्कै तोड्दैनन बा।
(मेरा बा तिम्रा बा अनि हाम्रा बा को येथार्थ। रचना लाई रचना कै रूपमा बुझिदिनु हुन अनुरोध गर्दछु ।)
अल्छि
प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १८:४०