१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

१५ हजारको अक्सिजन ४१ हजारमा बेच्ने नुवाकोट र धादिङका युवासहित तीन पक्राउ

६ जेठ, काठमाडाैँ । कोरोनाका नाममा अक्सिजनको कालोबाजारी गर्ने नुवाकोट र धादिङका युवासहित तीन जना पक्राउ परेका छन । अक्सिजनको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाइ बुधबार प्रकाउ गरेको हो । उनीहरूले १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डर ४१ हजारमा बेचेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई ललितपुरको सातदोबाटो बस्ने ३९ वर्षीय रामकृष्ण घिमिरे धादिङको गल्छी गाउँपालिका–२ घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षीय रामशरण अधिकारी र मकवानपुरको हेटौँडाउपमहानगरपालिका–६ घर भई लगनखेल बस्ने ४२ वर्षीय नवराज खनाल रहेका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०८:३४