१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आइसियू वार्ड स्थापना गर्ने

४ जेठ, काठमाडाैँ । चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आइसियू वार्ड स्थापना गर्ने भएको छ । फाउण्डेसले यससम्बन्धी सम्झाैतामा मंगलबार हस्ताक्षर गरेको छ । विनाैद चाैधरीको लगानी रहेको नविल बैंकले पनि वीर अस्पतालमा दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन हुने गरी एउटा प्लान्ट स्थापनाका लागि सम्झाैता गरेको छ । फाउण्डेसन र बैंकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाह र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाह र उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । चाैधरीले यसअघि नै सहयोग गर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार १४:४४