१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बारामा ९ वर्षीय र ७ वर्षीय दाजु भाईको घाँटी रेटि हत्या

बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजु भाई हुन् ।

कलैया उपमहानगरपालिका वडा नं. ७ निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्।

घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । घटनाका सम्बन्धमा प्रहरीले केहीसमयपछि विस्तृत विवरण दिने बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार ११:०३