१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

यातायातका नासु लेखनाथ भुषाल ३२ हजार घुससहित पक्राउ

१६ फागुन, काठमाडौँ । यातायात व्यवस्था कार्यालय काठमाण्डौका नायव सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।

उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १५:२८