१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निजामती कर्मचारीको उमेरहद ६० वर्ष ! पार्टी निकट ट्रेड युनियनहरु खारेज गर्ने प्रस्ताव

२२ असार, काठमाडौँ । अर्थ मन्त्रालयले एक वर्षपछि लागू हुनेगरी निजामती कर्मचारीको अवकाशको उमेरहद बढाएर ६० वर्ष बनाउन राय दिएको छ । निवृत्तिभरणको बोझ बढेको तथा नयाँ संरचनामा अनुभवी कर्मचारी चाहिने भएकाले उमेरहद ६० वर्ष राख्न उचित हुने मन्त्रालयको राय छ ।

निजामती कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष बनाउन केही उच्चपदस्थ कर्मचारीहरु नै लागेपछि अर्थमन्त्रालयले यस्तो राय दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलमा रहेको निजामती सेवा ऐनको मस्यौदामा उमेरहद ५८ वर्ष नै राख्न प्रस्ताव गरेको छ ।

मस्यौदामा आधिकारिक ट्रेड युनियन बाहेक पार्टी निकट ट्रेड युनियनहरु खारेज गर्ने प्रस्ताव समेत गरिएको छ । तर, पार्टीको आडमा राजनीतिमा लागेका कर्मचारी नेताहरुले ट्रेड युनियन राख्न मन्त्रीहरुलाई दबाव दिएका छन ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०८:००