१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

२ जेठ, काठमाडाैँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ३१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २३ गते कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ । सभाले धितोपत्र दर्ता गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ४(१) तथा नियमावलीको नियम २७, ३१ र ३७ मा प्रस्ताव भएबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साथै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरूमा छलफल गरी पारित गरिनेछ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार ११:४१