४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मदन आश्रित दिवसका अवसरमा अष्ट्रेलियामा नेपाली युवाले गरे रक्तदान


१ जेठ, अष्ट्रेलिया । प्रवासी नेपाली एकता समाज न्यूसाउथवेल्स राज्य समितिले २८ औं मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान आयोजना गरेको छ । सिड्नीको टाउन हलमा अवस्थित लाईफ ब्लड सेन्टरमा कार्यक्रम आयोजना गरिएको थियो ।
मञ्चका सदस्यहरु रक्तदान गरेका थिए ।

जननेताको स्मृतिलाई चिरस्थायी बनाउनका लागि यस्ता रचनात्मक कार्यक्रम आयोजना गरिएको मञ्चका न्यूसाउथवेल्स अध्यक्ष कृष्ण सापकोटाले बताउनु भयो । सापकोटाले आदरणीय नेताहरुको नाममा रक्तदान गरेर कसैको जिवन रक्षा गर्नु नै उहाहरु प्रतिको सच्चा श्रध्दाञ्जली हुने ठानेर नै कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका अन्तराष्ट्रिय सम्वन्य कमिटीका सचिव रमेश पाण्डे, एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष महेन्द्र ओली, एनआरएनए ओसियाना क्षेत्रका संयोजक होम पाण्डे लगायतले रक्तदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १७:५८