१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दुई कम्पनी

३१ वैशाख, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै २ कम्पनीले निवेदन पेश गरेका छन् । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका हुन् ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख २१ गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएकाे थियाे । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख १३ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासनकर्तामा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १६:१८