२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

हिजोका शोषित साथीहरु आज शोषक भएर आए (कविता)

–पोष्ट केसी

हिजो आजको फरक यत्ति न हो …………….
हिजोका पिडित साथीहरु आज पिडक भएर आएर
हिजोका शोषित साथीहरु आज शोषक भएर आए
हिजो संगै जेल जाने साथीहरु आज जेल पठाउने भएर आएर
हिजो संगै रगतदिने साथीहरु आज रगत खाने वनेर आए

फरक यति न हो……. स्थान मात्र…….
हिजोका पप्पले साथीहरु आज कार चडेर आएर
हिजो झुपडीमा संगै ढिंडो खाएका साथीहरु आज पाँचतारेमा खाने भएर आए
हिजोका झुपडे साथीहरु आज महले बनेर आए
हिजोका टवांके साथी हरु आज रेडलेवर र वियरे वनेर आए

फरक यति न हो ……………स्थान मात्र……
हिजो सडकेसाथीहरु आज आसे पासे सहित झन्डे भएर आए
हिजोका ज्यानमारा साथीहरु आज साधु बनेर आए
हिजोका न्याय माग्नेसाथीहरु आज न्याय दिने भनेर आए
हिजोका कालेसाथीहरु आज राते बनेर आए ।
फरक यति न हो……..स्थान मात्र …….

हिजो धर्नावस्ने साथीहरु आज दवाउने भनेर आए
हिजो खुल्ला हुनुपर्छ भन्ने साथीहरु आज निषेध गर्नुपर्छ भनेर आए
हिजोका लोकतन्त्रेसाथीहरु आज तानाशाहीे बनेर आएर
हिजोका एकअर्काका विरोधीहरु साथीहरु आज सहकर्मी बनेर आए
फरक यति न हो……..स्थान मात्र……

 

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १३:२५