१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

साेमबार नेप्सेमा २ करोड १३ लाख कित्ता बोनस सेयर सूचीकृत

२७ वैशाख, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झण्डै २ करोड १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ । साेमबार नेप्सेमा प्राइम कमर्सियल बैंक, गणपति माइक्रोफाइनान्स र सहारा विकास बैंकको २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे । त्यस्तै गणपति माइक्रोफाइनान्सको १ लाख ६६ हजार ११७.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो माइक्रोफाइनान्सले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। यसैगरी नेप्सेमा सहारा विकास बैंकको २३ प्रतिशत बोनस बापतकाे १ लाख ६७ हजार ८८८.०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हाे।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १४:३५