गोविन्द केसीको शैली अधिनायकवादीः गृहमन्त्री थापा (भिडियोसहित)
२० असार, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले डा गाेविन्द केसीको शैली अधिनायकवादी भएको बताएका छन । बुधबार संसदमा समय माग गरेर बाेल्दै गृहमन्त्री थापाले सरकारकाे शैली नभइ केसीको शैली चाहिँ अधिनायकवादी भएको बताए । उनले डा. केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको बताए ।
कानुन बनाउने कुरा जनतिनिधिहरुले हल गर्ने हो कि सडकमा अनसन बसेर हल गर्ने र कुन लोकतान्त्रिक तरिका हो भन्दै प्रतिप्रश्न समेत गरे । गृहमन्त्री थापाले सडकमा कुनै विषयको समाधान हुन नसक्ने भन्दै केशीको तरिका लोकतान्त्रिक नभइ अधिनायकवादी भएको बताए । उनले कोही पनि कानुन माथि हुन नसक्ने र कानुनमाथि हुन खोज्ने नै तानाशाह भएको बताए ।
सुन्नुहोस गृहमन्त्रीको भाषण (भिडियो साैजन्यः न्युजएजेन्सी नेपाल)
प्रकाशित मिति : २० असार २०७५, बुधबार १६:५९