२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

माइतीघर माग्दै सडकमा जाने कांग्रेसको निर्णय

२० असार, काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले माइतीघर लगायतका स्थान माग्दै सडकमा जाने निर्णय गरेको छ । बैठकले सबै सार्वजनिक स्थानमा विरोध प्रदर्शनका लागि खुला गर्न अभियान चलाउने निर्णय गरेको हो ।

सरकारले माइतीघर लगायत क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि त्यसको त्यसविरुद्ध आन्दोलन गर्ने कांग्रेस तम्सिएको हो । त्यस्तै, संसदीय समितिहरुलाई तत्काल पूर्णता दिन र मौलिक हकसम्बन्धि कानुन बनाउन पनि माग गर्ने निर्णय भएको कांग्रेस नेता बालकृष्ण खाँडले बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारविरुद्ध आक्रामक रुपमा सडक र सदनमा प्रस्तुत हुने तयारीमा छ। त्यसका लागि मंगलबार साँझ सभापति शेरबहादुर देउवाले पार्टीका सिनियर नेताहरुसँग छलफल गरेका थिए। छलफलमा पार्टीभित्रका तिक्तता छाडेर एकजुट भइ सशक्त प्रतिपक्षीको भूमिका निभाउने निर्णय भएको नेता खाँडले बताए।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १५:५२